बिद्यार्थीको स्वास्थ्य सुनिश्चितताको माग गर्दै नेविसंघ

०५ बैशाख ०७८, पोखरा 
नेपाली काङ्ग्रेस निकट भात्री संगठन नेपाल विधार्थी संघले कोरोना भाइरस नयाँ भेरियन्टले शैक्षिक संस्था उच्च जोखिम रहेको भन्दै प्रेस बिज्ञप्ती जारी गरेको छ।

कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट नेपालमा पनि देखापरेको यसको संक्रमण बिधालय र कलेज पढ्ने युवा र बालबालिकामा बढी देखिरहेको सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्दै विधार्थिको स्वस्थ सुनिश्चितताको निम्ति  नेविसंघ पृथ्वीनारायण क्याम्पस व्यवस्थापन संकाय सभापति बिवेक पराजुलीलको हस्ताक्षर प्रेस बिज्ञप्ती सार्वजनिक गरेको छ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोरोना संक्रमण मासिक ११ हजार पुग्ने प्रक्षेपण गरिएको अवस्थामा कोरोना संक्रमणको भावी चुनैतीलाई मध्यनजर गरि शैक्षिक संस्था भौतिक उपस्थिति बिना सम्भाव्य प्रभावकारी बैकल्पिक माध्यमको प्रयोग गरि कक्षा सञ्चालन गर्नुको बिकल्प अहिलेको अपर्हिहार्य आवस्यकता रहेको जनाएको छ।

निजि क्षेत्रलाई निर्दशन दिन नसकेर अभिभावकलाई बिधार्थी नपठाउन अपिल गर्न निर्णय प्रती नेविसंघले आपत्ती जनाउदै यसको जोखिम र भोलिको चुनौतिलाई व्यवस्था गर्नु कतै बदनियतपुर्ण त छैन ?" बिज्ञप्ती मार्फत प्रश्न उठाएको छ।

  स्थानिय तहको सरकारको निर्णय पर्खिएको सामुदायिक बिधालय लगाएत क्याम्पस प्रशासन, सम्पुर्ण शैक्षिक संस्था र संम्बन्धित सम्पुर्ण निकायलाई भयवह परिस्थिति न्यूनीकरण गर्न कसरी जोगिने र जोगाउने भन्ने तर्फ ध्यान दिईनुपर्न बताएको छ।

बिज्ञप्ती मार्फत आम बिद्यार्थीको स्वस्थ रहने अधिकारको सुनिश्चितताको साथ सचेत र सजग बनाउन नेविसंघले संबंधित निकायलाई जोडदार अपिल गरेको छ।

पढ्नुहोस पूरा बिज्ञप्ती :

0 Comments